एलइडी बल्ब खरिदमा चलखेल भएको छैन :ऊर्जामन्त्री 

एलइडी बल्ब खरिदमा चलखेल भएको छैन :ऊर्जामन्त्री 

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

सल्यान, २६ वैशाख ।

ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले भारतबाट खरिद गर्न लागेको एलइडी बल्बमा बाहिर आएजस्तो कुनै चलखेल नभएको बताउनुभएको छ ।

गृह जिल्ला रुकुम जाने क्रममा आज श्रीनगरमा सन्चारकर्मीसँग भएको कुराकानीमा मन्त्री शर्माले नेपाल र भारत सरकारबीच सम्झौता भएपछि बल्ब खरिद गर्ने भएकाले कुनै चलखेल नभएके स्पष्ठ पार्नुभयो ।

उहाँले खलङ्गा शीतलपाटी खानेपानीका लागि विद्युत् जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत् उपलब्ध गराउन नेपाल विद्युत् प्राधिकरण सल्यानलाई निर्देशन पनि दिनुभयो ।

अर्काे प्रसङ्गमा उहाँले सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले सबै राजनीतिक दललाई मिलाएर अगाडि बढ्न चाहेको भन्दै मधेसी मोर्चालाई पनि चुनावमा ल्याउन दुई चरणमा चुनाव गर्न लागिएको मन्त्री शर्माले बताउनु भयो ।
मन्त्री शर्माले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न स्थानमा भइरहेको झडपलाई लक्षित गर्दै दलहरुलाई संयमित हुन समेत आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी