चुनावी प्रचारमा प्रयोग भएको गाडीमा आगजनी

चुनावी प्रचारमा प्रयोग भएको गाडीमा आगजनी

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ, २६ वैशाख ।
स्थानीय तह निर्वाचन नजिकिदै जाँदा चुनावी प्रसारमा प्रयोग हुने विभिन्न दलका सवारी साधनमा आगजनी गर्नेक्रम पनि बढ्दै गएको छ ।

यसैक्रममा नवलपरासीको कावासोतीमा राप्रपाको चुनावी प्रचारमा प्रयोग भएको सवारी साधनमा आगजनी भएको प्रहरीले जनाएको छ । मट्टितेल लगाएर आगो लगाएकाले गाडीको इन्जिन ध्वस्त भएको छ ।

स्थानीय शंकर ढकालको बा १३ च ७१५० नम्बरको टाटासुमो जीपमा आज बिहान करिब ३ बजे अज्ञात व्यक्ति आगजनी गरेको प्रहरीले जनाएको छ ।

दुई युवा आगो लगाएर भागेको भन्दै उनीहरुको ज्खोजी कार्य भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । यसअघि पनि विभिन्न जिल्लामा आगजनीका घटना भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ