गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच सम्झौता

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच सम्झौता

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, २५ वैशाख ।

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भुकम्प प्रभावित १४ जिल्लामा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकास लगायतका गतिविधिमा सहकार्य हुने भएको छ ।
भूकम्प प्रभाबित १४ जिल्लामा जीविकोपार्जन, उत्थान र लघुउद्यम विकास कार्यक्रमको नमुना र कार्यान्वयनमा सहकार्य गर्ने बिषयमा आज कोष र प्राधिकरणबीच सम्झौतामा भएको हो ।

प्राधिकरणले कोष तथा कोषका लक्षित समुदायहरुलाई जीविकोपार्जन र लघु उद्यम विकासका कार्यक्रम कार्यान्वयन गर्न क्षमता अभिबृद्धिका लागि आर्थिक तथा प्राविधिक सहायता र तालिममा सहजीकरण गर्नेछ ।

साथै प्राधिकरणले कोषलाई ती कार्यक्रम संचलनका लागी आवश्यक आर्थिक सहायता जुटाउने भएको छ ।

सम्झौता अनुसार १४ जिल्लामा कोषले प्राधिकरणको जिल्ला समन्वय समितिसँग काम गर्नेछ । यस्तै कोषले तालिम दिएका सिकर्मी, डकर्मी तथा अन्य प्राविधिक कर्मचारीलाई प्राधिकरणले पुनर्निमाण सम्बन्धी काममा लगाउने भएको छ ।

उक्त सम्झौताले १४ जिल्लामा हुने कार्यक्रम तथा गतिविधिमा गरिबी निवारण तथा पुनर्निमाणका मुद्धामा सकारात्मक नतिजा आउने कोषका कार्यकारी निर्देशक नहकुल केसीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी