“अफिसर्स च्वाइस ब्लूको नेपालमा सशक्त प्रवेश”

“अफिसर्स च्वाइस ब्लूको नेपालमा सशक्त प्रवेश”

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं ।

अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स प्रा.लि. (ए.बि.डी) विश्वको तिब्र गतिमा बिस्तार भईरहेको मदिरा कम्पनीले आफ्नो डिलक्स ह्विस्की ब्राण्ड अफिसर्स च्वाइस सार्वजनिक गर्दै नेपालमा सशक्त रुपमा प्रवेश गरेको छ ।

होटल डेला अन्नपूर्णमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अफिसर्स च्वाइस ब्लू नेपालमा सार्वजनिक भएको घोषणा गरियो ।
सन् २०१७ मार्च ३१ तारिखमा समाप्त भएको वर्ष, कम्पनीले ३ करोड ३२ लाख केस बिक्री गर्न सफल भएको थियो ।

ए.बि.डी आफ्नो उपस्थिती विश्वव्यापीरुपमा २६ मुलुकहरुमा भएकोमा उत्साहित भएको छ, जसमा महत्वपूर्ण बजारहरु जस्तै भारत, यूएई, ओमन, कतार, बहराइन, नाइजेरीया, तान्जानिया, मलेसिया, सिंगापुर, चिली, हाइटी तथा अमेरिका छन् । यसको आफ्नो फ्ल्यागशिप ब्राण्ड अफिसर्स च्वाइस ह्विस्की, केबल विश्वमा सबैभन्दा धेरै बिक्री हुने ह्विस्की ब्राण्ड मात्र नभएर यो विश्वमा दोस्रो सबैभन्दा धेरै बिक्री हुने मदिरा ब्राण्ड पनि हो ।
अफिसर्स च्वाइस ब्लू, अफिसर्स च्वाइसको प्रिमियम संस्करण हो, जून सन् २०११ मा अनावरण गरिएको थियो । ५ वर्षको छोटो अवधिमा नै, यो ब्राण्डले ८० लाख केसहरु उत्पादन गरिरहेको छ– यस्तो संस्मरणात्मक सफलता केबल थोरै ब्राण्डले मात्र चाखेका छन् ।

यसको विशेष स्कच जौ र छानिएका अन्नहरुको अद्धितिय समिश्रणको मदिराले लाखौं उपभोक्ताहरुको मन जितेको छ । यसको उत्कृष्ट प्याकेजिङ र संचार सम्वादले विश्वभरका उपभोक्ताहरुलाई सिधै आकर्षित गर्न सक्दछ । विश्वभरका बजारहरुमा परिक्षण सफलतापछि, अफिसर्स च्वाइस ब्लू ए.बि.डी को बिस्तार रणनीति अन्तर्गत नेपालमा आईपुगेको छ ।

नेपालका समझदार उपभोक्ताहरु अहिले लक्जरी ब्राण्डहरुको बारेमा अनभिज्ञ छैनन्, विशेषगरि विश्वका उत्कृष्ट मदिरा ब्राण्डहरुको बारेमा । अफिसर्स च्वाइस ब्लू सार्वजनिक हुनुको अर्थ नेपालका उपभोक्ताहरुको स्वादलाई परिस्कृत गर्नु र उनीहरुको चाहनालाई थप उत्साहित गर्ने नियमन हो ।

उक्त कार्यक्रममा बोल्दै अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्सका कार्यकारी उपाध्यक्ष श्री दिपक रायले भन्नुभयो, ए.बि.डी को आधारभूत मूल्यहरु मध्ये एउटा निरन्तर आविश्कारिक हुनु र फरक हुनु हो । यहि मुल मन्त्रले अफिसर्स च्वाइस ब्लू उत्कृष्ट ब्लेण्ड मध्येको एक सिर्जनाको रुपमा अगाडि आएको छ, साथसाथै यसको उत्कृष्ट प्याकेजिंग पनि । यसको सन् २०११ मा अनावरण भएदेखि नै, अफिसर्स च्वाइस ब्लू लाई संसारभरका उपभोक्ताहरुले निकै मनपराउँदै आएका छन् ।

उनले थपे , म नेपालमा अफिसर्स च्वाइस ब्लूको लन्च गर्न पाउँदा निकै हर्षित भएको छु ।नेपालका उपभोक्ताहरु र भारतीय उपभोक्ताहरु बिचमा धेरै विषयहरुमा समानता रहेको छ र विश्वका अन्य स्थानमा हामीले गरेजस्तै नेपालमा पनि अफिसर्स च्वाइस ब्लूका साथमा हामी केहि मनमोहकता सिर्जना गर्नेछौं भन्नेमा म विश्वस्त रहेको छु ।

उनले भनेका छन् ,यो सार्वजनिकीकरण अर्को शुरुवात हो जसले हामीलाई हाम्रो भिजनको नजिक पुर्याउने छ र सबैभन्दा प्रसिद्ध मदिरा कम्पनीको रुपमा बन्न सफल हुनेछौं । नेपालमा ए.बि.डी को स्थायित्वको लागि आगामी दिनमा क्रमश अन्य ब्राण्डहरु सार्वजनिक गर्ने प्रयास गर्नेछौं ।

अलाइड ब्लेण्डर्स एण्ड डिस्टिलर्स किशोर छाबरियाद्धारा प्रबद्र्धित कम्पनीको फ्ल्यागशिप ब्राण्ड चर्चित अफिसर्स च्वाइस ह्विस्की हो र यसको पोर्टफोलियोमा अफिसर्स च्वाइस ब्लू ह्विस्की, अफिसर्स च्वाइस ब्ल्याक ह्विस्की, क्लास ट्वान्टी वान ग्रेन भोड्का, जंली रोगर प्रिमियम रम, लर्ड एण्ड मास्टर ब्राण्डी र कायरोन प्रिमियम ब्राण्डीहरु समावेश रहेका छन् ।

ए.बि.डी भारतमा तेस्रो ठूलो मदिरा कम्पनी हो जसले सन् २०१६÷२०१७ मा ३ करोड ३२ लाख केसहरु उत्पादन गरेको थियो । ए.बि.डी ले विश्वका कयौं देशहरुमा सशक्त बिक्री तथा बितरण संजाल अधिकार कायम गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी