चीनद्धारा एक हजार थान सौर्य बत्ती हस्तान्तरण

चीनद्धारा एक हजार थान सौर्य बत्ती हस्तान्तरण

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पोखरा, २४ वैशाख ।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारबाट पोखरा–लेखनाथ महानगरपालिकालाई आज एक हजार थान सौर्य बत्ती हस्तान्तरण गरिएको छ ।

गत वर्षको कात्तिक ८ गते भएको सम्झौतापछि सात महिनामै पोखराका विभिन्न सडकमा सौर्य बत्ती जडान गरी सबैतिर झिलीमिली पारिएको छ ।

पोखराको विजयपुरदेखि हल्लनचोक, नयाँबजार, पालिखेचोक, बुद्धचोकदेखि वन विज्ञान अध्ययन संस्थान तथा विभिन्न मठमन्दिरमा सौर्यबत्ती जडान गरी उज्यालो पारिएको छ ।

सौर्य बत्ती जडानका लागि तिब्बत सरकारले रु १५ करोड सहयोग गरेको थियो । नेपालका लागि चिनियाँ राजदूत यु होङ र तिब्बत सरकारका वैदेशिक मामिलाका उपमहानिर्देशक मा क्विनसिङले पोखरा–लेखनाथ महानगरपालिकाका कार्यकारी अधिकृत दीर्घनारायण पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा राजदूत होङले पोखराको विकासमा चीन सरकारले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी