गरिवी घटाउन पूर्वाधार विकासमा लगानी बढाउने एडिबीको प्रतिबद्धता

गरिवी घटाउन पूर्वाधार विकासमा लगानी बढाउने एडिबीको प्रतिबद्धता

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ, २४ वैशाख ।

एसियाली विकास बैंक (एडिबी) ले एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउन सदस्य मुलुकबीच सहकार्य गर्दै पूर्वाधार विकासमा लगानी बढाउने प्रतिबद्धता जनाएको छ ।

एडिबीको ५० औँ वार्षिक बैठकका निर्णय जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा एडिबीले कमजोर पूर्वाधार भएका निर्धन देशलाई सघाउने प्रतिबद्धता जनाएको हो ।

समापन मन्तव्य व्यक्त गर्दै बैंकका अध्यक्ष ताकेहिको नाकाओले एसिया–प्रशान्त क्षेत्रको समृद्धि सुनिश्चित गर्न गरिबी घटाउने, गुणस्तरीय पूर्वाधार निर्माणमा लगानी बढाउने, निजी क्षेत्रको स्रोत परिचालन गर्ने, विकास–निर्माणका काममा निजी क्षेत्रको संलग्नता विस्तार एडिबीका प्राथमिकता रहेको बताउनु भयो ।

जलवायु परिवर्तन प्राकृतिक विपत्ति जोखिम घटाउने, सामाजिक विकासलाई अझ बढावा दिँदै रोजगारीका अवसर सृजना, प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धन, लैङ्गिक समानताको सबलीकरण, क्षेत्रीय सहयोग तथा एकीकरणलाई अझ प्रगाढ तुल्याउने लगायतका परियोजाना कार्यान्वयनमा पनि आवश्यक सुधार गर्ने प्रतिबद्धता अध्यक्ष नाकाओले व्यक्त गर्नुभयो ।

बैंकको अर्को वार्षिक बैठक फिलिपिन्सको राजधानी मनिलामा आगामी मे महिनाको ३ देखि ६ तारिखमा हुने तय भएको पनि जनाईएको छ । ५१औँ बैठकको शीर्षक ‘समावेशी विकासका लागि अर्थतन्त्र र जनताको सम्मिलन’ निर्धारण गरेको बताएको छ ।
एडीबीमा एसिया–प्रशान्त क्षेत्रका ४८, ल्याटिन अमेरिकी र अफ्रिकी देशबाहेक विश्वका अन्य मुलुकका १९ अन्य सदस्य गरी ६७ सदस्यीय बहुपक्षीय वित्तीय संस्था आबद्ध छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी