काठमाडौं, बैशाख २२ ।
आज शुक्रबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रति तोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ३ सयले घटेर प्रति तोला ५३ हजार ५ सयमा कारोबार भईरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४५ हजार ८ सय ७० रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline