भूकम्प कम प्रभावित सत्र जिल्लामा ९८ हजार २०१ लाभग्राही

भूकम्प कम प्रभावित सत्र जिल्लामा ९८ हजार २०१ लाभग्राही

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २० वैशाख । भूकम्प प्रभावित १७ जिल्लामा ९८ हजार २०१ घरधुरी लाभग्राही सूचीमा परी निजी आवास पुनःनिर्माणको अनुदान पाउने भएका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण गरेको थियो । हिमपहिरोका कारण सोलुखुम्बुका तीन र लमजुङको एक गाविसमा सर्वेक्षण हुनसकेको छैन । विभागले गरेको सर्वेक्षणलाई प्राधिकरणको कार्यकारी समिति बैठकले अनुमोदन गरिसकेको छ ।

लाभग्राही सूचीमा परेकासँग आवास अनुदान सम्झौता भएपछि निजी आवास पुनःनिर्माणका लागि रु तीन लाख अनुदान दिइने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

सर्वेक्षण अनुसार लाभग्राही सूचीमा अर्घाखाँचीमा एक हजार ३६, बागलुङमा दुई हजार ३७५, भोजपुरमा पाँच हजार ७४९, धनकुटामा दुई हजार ७९६, गुल्मीमा चार हजार १४४, कास्कीमा छ हजार २६, खोटाङमा आठ हजार ४४३ घरधुरी परेका छन् ।

यसैगरी लमजुङमा १३ हजार ५१९, म्याग्दीमा ८६८, नवलपरासीमा ८७२, पाल्पामा चार हजार ६५२ , पर्वतमा पाँच हजार २६९, सङ्खुवासभामा एक हजार ९९३, स्याङजामा आठ हजार ५४९, चितवनमा सात हजार ३३५, सोलुखुम्बुमा १० हजार ७९४ र तनहुँमा १३ हजार ८२१ घरधुरी लाभग्राही सूचीमा परेको प्राधिकरण सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।

सर्वेक्षण हुन बाँकी चार गाविसमा पनि छिट्टै सर्वेक्षण गरिने विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी