काठमाडौं, बैशाख २० ।
साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ सयले घटेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छ भने प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार हुँदै प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५० पैसा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline