उड्दा उड्दै मौसम बदलीपछि विमान असन्तुलित हुँदा सत्ताईस यात्रु घाइते

उड्दा उड्दै मौसम बदलीपछि विमान असन्तुलित हुँदा सत्ताईस यात्रु घाइते

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी, बैशाख १९ ।
मस्कोबाट बैंककतर्फ आउँदै गरेको एउटा विमान खराब मौसमका कारण अचानक अनियन्त्रित हुँदा त्यसमा सवार रहेका २७ यात्री घाइते भएका छन् ।

रूसी अधिकारीहरूकाअनुसार उडानका क्रममा एरोफ्लोट एयरलाइन्सको विमान खराब मौसमका कारण अनियन्त्रित भएको थियो । घाइतेमध्ये केहीको हाडसमेत भाँचिएको बताइएको छ । घाइते तीन यात्रीको शल्यक्रिया गर्नुपरेको अधिकारीको भनाई छ । अन्यलाई भने सामान्य चोटपटक लागेको छ ।

थाइल्याण्डस्थित रूसी दूताबासकाअनुसार घाइतेहरूमध्ये २४ जना रूसी नागरिक रहेका छन् । एयरलाइन्स कम्पनीले जनाएअनुसार सिट बेल्ट नबाँधेका यात्रीहरू उछिट्टिएर घाइते भएका हुन् ।

विमानका पाइलट एलेक्जेण्डर रुजोभकाअनुसार आकाश सफा नै रहेका कारण प्रतिकूल मौसमको पूर्वानुमान नै थिएन । तीन सय १३ यात्री सवार विमान बैंकक विमानस्थलमा अवतरण गर्नुभन्दा करिब ४० मिनेट अघि आकाशमा अनियन्त्रित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी