नौ महिनामै रु चार अर्ब ७९ करोडभन्दा बढी राजस्व सङ्कलन

नौ महिनामै रु चार अर्ब ७९ करोडभन्दा बढी राजस्व सङ्कलन

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पोखरा, १८ वैशाख । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामै रु चार अर्ब ७९ करोड ५६ लाख ५७ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले सो अवधिमा रु चार अर्ब ५० करोड ३८ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष राखेको थियो । सो अवधिमा राजस्व सङ्कलनमा कार्यालयले १०६ प्रतिशत लक्ष्य हासिल गरेको छ ।

आयकरतर्फ रु एक अर्ब ४२ करोड २८ लाख ३३ हजार, अन्तःशुल्कतर्फ रु दुई अर्ब २२ करोड ८२ लाख ४७ हजार, घर बहालतर्फ रु ११ करोड ३५ लाख ३८ हजार राजस्व सङ्कलन गरेको कार्यालयका सूचना अधिकारी विजय लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ रु ६८ करोड ६६ लाख दुई हजार, स्वास्थ्यकरतर्फ रु छ करोड २४ लाख दुई हजार र शिक्षाकरतर्फ रु तीन करोड ५० हजार पाँच हजार सङ्कलन गरेको छ ।

कार्यालयअन्तर्गत गण्डकी र धवलागिरि अञ्चलमा एक लाख १५ हजार ४७७ करदाता रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी