अमेरिकी चालकरहित विमान आक्रमणमा आठ आतङ्ककारी मारिए

अमेरिकी चालकरहित विमान आक्रमणमा आठ आतङ्ककारी मारिए

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जलालाबाद, १८ वैशाख । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिका आवद्ध चालकरहित विमान आक्रमणमा परी आठजना इस्लामिक स्टेट (आइएस) आतङ्ककारी मारिएका प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ ।

नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पहाडी प्रान्त नान्गार्हारको प्रान्तीय राजधानी जलालाबाद सहर अफगानिस्तानको राजधानी काबुलबाट १२० पूर्वमा पर्दछ ।

नान्गार्हार प्रान्तमा आइएस लडाकू र सुरक्षाबलबीच सन् २०१५ को सुरुबाट नै द्वन्द्व जारिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी