काठमाडौं, बैशाख १८ ।
निजि दुर संचार कम्पनी ऐनसेलले ‘नयाँ सापटी’ योजना फेरी सुचारु गरेको छ । निःशुल्क सेवा प्रयोग गर्न सकिने एनसेलका प्रिपेड प्रयोगकर्ताले आफ्नो ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम भएमा ३० रुपैयाँको सापटी लिन सक्ने भएको छ ।
सापटी रकम ग्राहकको मुख्य ब्यालेन्समा जोडिनेछ र प्राप्त रकमबाट ग्राहकले कुनै पनि नेटर्वकमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको अन्य सेवाप्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
यसरी लिईएको सापटी अर्को पटक रिचार्ज गर्दा स्वतः काटिने छ भने यसमा पहिलेको जस्तो कुनै शुल्क लाग्ने छैन ।
यो योजना आजदेखि जेठ १ गते सम्म लागु हुने एनसेलले जनाएको छ । यो सेवा लिनको लागि सिम कार्ड भने कम्तिमा ६० दिन प्रयोग भएको हुनुपर्ने छ ।
एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार प्रिपेड ग्राहकले यो सेवा लिन सकिने छ ।