हिंसा त्यागेर शान्ति वार्तामा आउन राष्ट्रसङ्घको आग्रह

हिंसा त्यागेर शान्ति वार्तामा आउन राष्ट्रसङ्घको आग्रह

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी, बैशाख १७ ।
संयुक्त राष्ट्रसङ्घले युद्धरत दक्षिण सुडानका विद्रोहीलाई हिंसा त्याग्न आग्रह गरेको छ । युद्धरत पक्षलाई युद्धको बाटो त्यागेर शान्ति वार्ताको बाटो खोज्न आग्रह गरेको हो ।

विश्वको कान्छो देशका रूपमा परिचित सो देश स्वतन्त्र भएसँगै सुरु भएको सशस्त्र हिंसाका कारण नागरिकमा विभिन्न खालका समस्या उत्पन्न हँुदै गएकोले त्यसतर्फ गम्भीर हुन आग्रह गरिएको समाचारमा जनाइएको छ ।

सरकारले पछिल्लो समयमा हिंसा अन्त्य गर्नका लागि भन्दै आक्रामक कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सो आक्रामक कारबाहीका कारण पनि यहाँको पछिल्लो अवस्था निकै नै नाजुक भएको छ । जसका कारण यहाँका नागरिकमा आधारभूत आवश्यकताको पनि कमी हुँदै गएको जनाएको छ ।

उक्त हिंसाले गर्दा सुडानमा सत्रुतापूर्ण कार्य बढ्नुका साथै नागरिकका आधारभूत आवश्यताको पूर्तीको आधार पनि बन्न सकिरहेको छैन ।
संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले भने, दक्षिण सुडानको अवस्था निकै नै नाजुक बन्दै गएकाले युद्धरत पक्ष र विद्रोही दुवै पक्षलाई हिंसाको अन्त्यगरी युद्धविरामका माध्यमबाट शान्तिपूर्ण समाधानको बाटो खोज्न हामी हार्दिक आग्रह गर्दछौँ ।

त्यहाँका नागरिकमा परेको दुःख र कष्टका कारण राष्ट्रसङ्घलाई पनि निकै अप्ठेरो परिरहेकोले नागरिकको आधारभूत आवश्यकता र मानवीय सहायताका लागि सबै पक्षको उत्तिकै दायित्व भएकोले यसका लागि त्यहाँको सरकार र युद्धरत पक्षसँग संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी