एजेन्सी, बैशाख १६ ।
फिलिपिन्समा आज शक्तिशाली भूकम्प गएको छ । प्यासाफिक सुनामी सेन्टरले भूकम्प ७ दशमलव २ रेक्टर स्केलको भनेर दाबी गरे तापनि अमेरिकी भूगर्वविद्ले भने ६ दशमलव ८ रेक्टर स्केलको मात्रै रहेको जनाएको छ ।
जनरल सान्तोस शहरभन्दा ६८ किमि टाढा दक्षिणी क्षेत्रमा १० किमिको गहिराईमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पबाट भएको जनधनको क्षतिबारे भने विवरण आएको छैन भने थुप्रै घर तथा भवनहरूमा भत्किएकाले ठूलै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।
भूकम्पका कारण सुनामी आउन सक्ने खतरा भएकाले सतर्कतासमेत अपनाइएको छ । भूकम्पपछि मान्छेहरू घर छाडेर सडकमा निक्लिएको भए पनि पछि सबै आ–आफ्ना घर फर्किएको बताइएको छ । इण्डोनेशियालगायत आसपासका क्षेत्रमासमेत उक्त भूकम्पको धक्का महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेको छ ।