काठमाडौं ,वैशाख १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको प्रश्नपत्रमा दल बिशेष प्रश्न बनाएका छन् । प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’
यो प्रश्नमा कुन बिषयमा यी दलहरुको भूमिका लेख्न भनिएको उल्लेख छैन । दल बिशेष त्यो पनि स्पष्ट नभएपछि विद्यार्थीहरु उत्तर लेख्न अलमलिएका छन् । प्रा.रविन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने बताए ।
‘पार्टी बिशेष यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने,‘यो प्रश्न बनाउने पार्टी आरेन्टेड भएको हुनुपर्छ ।’ पार्टीगत भन्दा पनि सैद्दान्तिक प्रश्न हुनुपर्ने उनले बताए । -कान्तिपुर दैनिकबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline