उपकुलपति कोइरालालाई पाठ्यक्रम हस्तान्तरण, यसै वर्षदेखि पढाइ सुरु हुने

उपकुलपति कोइरालालाई पाठ्यक्रम हस्तान्तरण, यसै वर्षदेखि पढाइ सुरु हुने

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

भक्तपुर, १५ वैशाख । प्राकृतिक स्वास्थ्य चिकित्सा तथा योग विज्ञानको पा्ययक्रम निर्माण गरी संस्कृत विश्व विद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालालाई हस्तान्तरण गरिएको छ ।

काठमाडौँको जडीबुटी नरेफाँटस्थित संस्कृत विश्वविद्यालयको सम्पर्क कार्यालयमा उहाँलाई पाठ्यक्रम निर्माण समितिले निर्माण गरेको पाठ्यक्रम आज हस्तान्तरण गरेको हो । डा हरि पोखरेलको संयोजकत्वमा विभिन्न विज्ञ एवम् प्राध्यापकको समितिले पाठ्यक्रम निर्माण गरेको थियो ।

नेपालमा प्राकृतिक स्वास्थ्य चिकित्सासम्बन्धी अस्पताल एवम् उपचार हुने गरे पनि यसको औपचारिक पढाइ भने अहिलेसम्म कुनै पनि विश्वविद्यालयको मातहतमा नभएपछि अब संस्कृत विश्वविद्यालयले प्राकृतिक स्वास्थ्य चिकित्सा तथा योग विज्ञानको पढाइ सुरु गर्नका लागि पाठ्यक्रम निर्माण गरेको हो ।

त्यसैगरी ज्योतिष शास्त्रको छ महिने पाठ्यक्रम निर्माण कार्यविधिसमेत उपकुलपति डा कोइरालालाई हस्तान्तरण गरेको हो । ज्योतिष शास्त्रको अध्ययनका लागि छ महिने ज्योतिष कार्यविधि निर्माण समितिले कार्यविधि तयार पारी उहाँलाई हस्तान्तरण गरेको हो ।

त्यस्तै एक वर्षे स्वास्थ शिक्षाअन्तर्गत रहेको प्राचीन स्वास्थ्य शास्त्रीको पाठ्यक्रम समेत निर्माण भएर हस्तान्तरण गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि नै सरकारको मातहतमा आफ्नै चलअचल सम्पत्तिको प्रयोग गरेर यी तीनवटै कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको उपकुलपतिका सहयोगी दीपक बोहराले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी