कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौँ, १५ वैशाख । सबै बालबालिकाले समान र समतामूलक शिक्षा पाउनुपर्ने आवाजसहित आज शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको संयोजनमा राजधानीमा शान्तिपूर्ण बृहत् शैक्षिक पदयात्रा आयोजित भएको छ ।

विगत वर्ष झैँ यस वर्ष पनि नेपालमा शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताहअन्तर्गत शिक्षामा कार्यरत विभिन्न संस्थाको सहभागितामा भएको पदयात्रामा सहभागीले संविधानको मौलिक हकमा रहेको माविसम्म निःशुल्क शिक्षाको सुनिश्चितताका लागि केन्द्र, प्रदेश वा स्थानीय सरकारले कुल बजेटको २० प्रतिशत शिक्षामा विनियोजन गर्नुपर्ने र शिक्षामा सुशासन कायम हुनुपर्ने सन्देशका तुल र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो कार्यसप्ताहलाई यस वर्ष दिगो विकासको लक्ष्य नं ४ मा रहेका शिक्षामा जवाफदेही बनाउने र नागरिक सहभागिता भन्ने मूल भावका साथ देशभर प्रदर्शन गरिएको एनसिइन नेपालका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवर, अभिभावक सङ्घ नेपालका अध्यक्ष केशव पुरी, सामुदायिक विद्यालय राष्ट्रिय महासङ्घका अध्यक्ष कृष्ण थापा, दिदीबहिनी संस्थाका संस्थापक अध्यक्ष सलोनी सिंह, शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष प्रकाश सिलवाललगायतले अभियानको मागमा ऐक्यबद्धता जनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी