यस्तो हुन्छ नक्कली नेपाली ५ सयको नोट, दमकमा भेटियो

यस्तो हुन्छ नक्कली नेपाली ५ सयको नोट, दमकमा भेटियो

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

दमक, १५ वैशाख । झापाको दमकमा नेपाली रु पाँच सयको नक्कली नोट भेटिएको छ । दमकस्थित ट्याक्सी स्टेन्डका एकजना मजदुरले फेला पारेको नेपाली रु पाँच सयको नोट नक्कली भेटिएको हो ।

मजदुर अगुवा दधिराम खतिवडालाई चार दिनअघि एक यात्रुले दिएको ट्याक्सीको भाडा रुपैयाँको त्यस नेपाली नोट नक्कली भेटिएको बताइएको छ । दधिरामले झट्ट हेर्दा सक्कली झँै देखिने त्यस नोट यातायात कार्यालय विर्तामोडमा कर तिर्दा मात्र त्यो नोट नक्कली प्रमाणित भएको बताउनुभयो ।

उहाँले कर बुझाउँदा मात्र त्यो नोट नक्कली भएको भन्दै फर्काइ दिएपछि थाहा पाएको बताउनुभयो । त्यस नोटलाई उहाँले सुरक्षित राख्नुभएको छ । दमकमा पाँचसय दरका नेपाली नक्कली नेपाली नोट भित्रिएको हुनसक्ने उहाँले आशङ्का गर्नुभयो ।

गभर्नर युवराज खतिवडाको हस्ताक्षर रहेको ५०० घ २०– ४७६७९९ उल्लेख भएको नक्कली नोट सक्कलीको तुलनामा केही छोटो र पातलो भएको पाइएको छ । केहि दिन अघि मात्र पोखरालगायत सहरमा नक्कली नेपाली नोट भेटिएको र त्यसै गिरोहले पूर्वका बजारसम्म पनि त्यस्ता नोट भित्र्याएको हुनसक्ने अनुमान स्थानीयवासीको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी