सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, बैशाख १५ ।
नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरूले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरूलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

सङ्घको १३ औं साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ पत्रकारसम्मेलन गरेर त्यस्तो माग गरेको हो ।

नेपालमा निर्मित मौलिक एवं कलात्मक गरगहना, बेलायत, अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा निर्यात हुने गरेको जनाउँदै सङ्घका अध्यक्ष ज्योत्स्यना श्रेष्ठले कालिगढको पर्याप्त उपलब्धता नहुँदा आफूहरूलाई व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका छन् ।

करिब पाँच करोडको गहगहना निर्यात हुँदै आएको जानकारी दिँदै उनले सरकारीस्तरबाट सहयोग भएमा निर्यातको प्रशस्त सम्भावना रहेकाले सङ्घका जायज माग सम्बोधन गर्न आग्रह गरे ।

वैदेशिक रोजगारीमा जाने बढ्दोक्रमले स्वदेशी कालिगढबाट सेवा लिन कठिन भएको वास्तविकता औँल्याउँदै उनले रोजगारीका प्रशस्त अवसर स्वदेशमै सिर्जना गर्न सकिने बताएका हुन् ।

सो सङ्घको १८ सदस्यीय नवनिर्वाचित पदाधिकारीमा सुमनमान ताम्राकार प्रथम उपाध्यक्ष, नरेन्द्रकुमार गुप्ता द्वितीय उपाध्यक्ष, शक्तिकुमार बेगानी महासचिव, जयकुमार पाण्डे सचिव र ऋषि ठाकुर कोषाध्यक्ष छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी