विद्युत् चोरीमा संलग्न एक महिला सहित १३ पक्राउ

विद्युत् चोरीमा संलग्न एक महिला सहित १३ पक्राउ

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

झापा, १४ वैशाख ।

झापाको बिर्तामोड नगरपालिका–२ चारपाने र चैतुवारीबाट विद्युत् चोरीमा संलग्न एक महिला सहित १३ जना पक्राउ परेका छन् ।

बिद्युत चोरी गरेर खेतमा पानी लगाउने तथा घरमा विद्युतीय उपकरण जडान गरी घरायसी सामग्री प्रयोग गरिरहेको अवस्थामा प्रहरीले आज बिहान विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवकुमार लिम्बू, खड्गप्रसाद लिम्बू, वासु गौतम, गुरुदेव लिम्बू, जयप्रसाद इजम, शम्भू राजवंशी, जमुना राजवंशीलगायत रहेका छन् ।

उनीहरुलाई पानी तान्न प्रयोग गरिएका मोटर, घरमा जडान गरिएका पङ्खालगायत विद्युतीय उपकरणसहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण, अनारमनी वितरण केन्द्रका प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीको टोली र प्राधिकरणको विद्युत् चुहावट नियन्त्रण टोलीले विद्युत् चोर्दाचोर्दै नियन्त्रणमा लिइएको बताइएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको केन्द्र प्रमुखसमेत रहनुभएका सिंहले जानकारी दिनुभयो । उनीहरुलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी