विद्यार्थीद्वारा काठमाडौँ उपत्यकाका सय विद्यालयमा तालाबन्दी

विद्यार्थीद्वारा काठमाडौँ उपत्यकाका सय विद्यालयमा तालाबन्दी

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौँ, १३ वैशाख । संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी रुपमा चर्को शुल्क लिएको भन्दै उपत्यकाका सयभन्दा बढी निजी विद्यालयमा आज तालाबन्दी गरेका छन् ।

तोकिएको मापदण्डभन्दा बढी शुल्क लिएको भन्दै नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायत विद्यार्थी सङगठनले काठमाडाँैका सय भन्दा बढी विद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गरेको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी गराउनुभयो ।

उहाँले विद्यालयले तोकेकोभन्दा बढी शुल्क लिएको र बढी लिएको शुल्क फिर्ता नगरेकोले तालाबन्दी गरिएको बताउनुभयो ।

उनीहरूले पाठशाला स्कुल नयाँ बानेश्वर, चेल्सी स्कुल नयाँँ बानेश्वर, काठमाडौँ विद्या कुञ्ज काठमाडौँ, तक्षशिला एकडेमी काठमाडौँ, ड्याफोडेल जोरपाटी, रातो बङ्गला ललितपुर, जेम्स स्कुल ललितपुर, युलेन्स स्कुल सातदोवाटो ललितपुर, नाइटिङ्गेल कुपण्डोललगायत सयभन्दा बढी स्कुलको लेखा र प्रशासन शाखामा तालाबन्दी गरेका हुन् ।

यसैगरी काठमाडौँस्थित त्रिनेट्री रेडियन्ट, भीएस निकेटन, काव्य, अक्सिडेल्टल, ललितपुरको लिटिल एन्जेन्स, रिलायन्स स्कुललगायतमा समेत तालाबन्दी गरिएको छ ।

महासचिव महरले विद्यालयमा पठनपाठनमा कुनै अवरोध नहुने गरी तालाबन्दी गरिएको बताउनुभयो । निजी तथा संस्थागत विद्यालय सङ्गठन (प्याव्सन)का महासचिव राजेन्द्र बानियाँले मापदण्डअनुसार शुल्क दिने विद्यालयमा पनि अचानक रुपमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेको बताउनुभयो ।

‘‘हामी वार्ता र संवादबाट समाधान निकाल्ने प्रयासमा थियौ’’ उहाँले भन्नुभयो– ‘‘तर आज एक्कासी आएर कम शुल्क लिने विद्यालयमा पनि तालाबन्दी गरियो ।’’

विद्यार्थी सङ्गठन मङ्गलबारबाट वृद्धि शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिररहेका छन् ।

मङ्गलबार उनीहरूले वृद्धि शुल्क फिर्ता लिने निर्णय कार्यान्वयन नगरेको भन्दै देशभरका जिल्ला शिक्षा कार्यालय (जिशिका) घेराउ गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी