काठमाण्डौ , १३ बैशाख ।
विद्यार्थी संगठनहरुले अबदेखि निजी विद्यालयहरुसँग चन्दा नलिने निर्णय गरेका छन् । शुल्क बृद्धिविरुद्ध आन्दोलनमा उत्रेका विद्यार्थी संगठनको आज बिहान बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेका हुन् ।
बैठकले विद्यार्थी संगठनका नाममा चन्दा माग्न वा बार्गेनिङ गर्न कोही आएमा तत्काल प्रहरीलाई बुझाउन विद्यालय सञ्चालकलाई आग्रह समेत गरेको छ ।
उपत्यकाका १५ निर्वाचन क्षेत्रमा १५ टिम बनाएर शुल्क बृद्धि गर्ने विद्यालयमा तालाबन्दी गर्ने विद्यार्थी संगठनहरुको तयारी छ । शुल्क बृद्धि गर्ने विद्यालयहरुको पहिचान गर्ने क्रम जारी रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline