पूर्वराष्ट्रपति ओबामाको एक भाषणको मूल्य चार लाख डलर

पूर्वराष्ट्रपति ओबामाको एक भाषणको मूल्य चार लाख डलर

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी, बैशाख १३ ।
अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले अमेरिकी वाल स्ट्रिट बैंकको कार्यक्रमका लागि भाषण गरेबापत चार लाख डलर शुल्क लिने सहमति गरेपछि सबैतिर उनको ब्यापक आलोचना भएको छ ।

अमेरिकाको ४४ औँ राष्ट्रपति समेत भइसकेका ओबामाले ह्वाइट हाउस छाडेको सय दिन नपुग्दै शुल्क लिने सम्बन्धमा सहमति जनाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएको छ ।

सन् २०१५ मा हिलारी क्लिन्टनले तीन वटा भाषणका लागि लिएको शुल्कभन्दा ओबामाले सम्बोधन बापत लिन लागेको शुल्क दोब्बर रहेको जनाएको छ ।

ओबामाले सन् २००८ को वित्तीय संकटमा वाल स्ट्रिट बैंकको पनि संलग्नता रहेको आरोप लगाएपछि उनको कार्यकालमा वित्तीय क्षेत्रसँग दुई वर्षसम्म सम्बन्ध तनाबमा रहेको थियो । उक्त बैंकले सन् २००१ सेप्टेम्बर ११ मा आतंककारी आक्रमणमा दुई तिहाई कर्मचारी गुमाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी