आफ्नी छोरीको फेसबुकमा प्रत्यक्ष प्रशारण गरी हत्या

आफ्नी छोरीको फेसबुकमा प्रत्यक्ष प्रशारण गरी हत्या

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, बैशाख १३ ।
श्रीमतीसँग भएको सामान्य मनमुटाबलाई लिएर एक व्यक्तिले आफ्नी छोरीको हत्या गरेका छन् । थाइल्याण्डका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रशारण गर्दै आफ्नी छोरीको हत्या गरेका हुन् ।

२१ वर्षीय उक्त व्यक्तिले आफ्नी शिशु छोरीलाई झुण्ड्याएर मारेपछि आफूले पनि आत्महत्या गरेका थिए । उक्त घटना थाइल्याण्डमा रहेको डेजर्ट होटलमा भएको हो । घटनाको जानकारी पाएलगत्तै फेसबुकले पीडित परिवारलाई हार्दिक समवेदना प्रकट गर्दै सो भिडियो फेसबुकबाट हटाइएको जनाएको छ ।

उक्त व्यक्तिले नेपाली समयअनुसार सोमबार दिउँसो ३ बजेर ३५ मिनेटदेखि ३ बजेर ४२ मिनेट जाँदासम्म फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर आफ्नी छोरीको हत्या गरेका थिए ।

पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रशारण गर्दै हत्या एवं आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । फेसबुकमाथी यस्तो कुरा नियन्त्रण गर्न दबाबसमेत बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी