एजेन्सी, बैशाख १२ ।
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा अफगानिस्तानको सिमाना नजिकै रहेको आदिवासी जिल्ला कुर्रम सडकखण्डमा एउटा मिनिबसमा बम विस्फोटन हुँदा दश जनाको मृत्यु भएको छ ।
उक्त विस्फोटमा परी करिब १३ जना घाइते भएको स्थानीय समाचार एजेन्सीले जनाएको छ । यस विस्फोटनमा मारिएकाहरूमा प्रायः जसो महिला र बालबालिका रहेको बताइएको छ ।
उक्त घटनाबारे हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएका छैनन् । तर यस प्रकारको आक्रमणमा बारम्बार पाकिस्तानी तालिवान आतङ्ककारी समूहको हात हुन सक्ने प्रहरीले अनुमान गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline