सुनसरीमा शैक्षिक संस्थाहरुमा मतदान केन्द्र नबनाउन क्रान्तिकारी विद्यार्थीद्धारा ध्यानाकर्षण

सुनसरीमा शैक्षिक संस्थाहरुमा मतदान केन्द्र नबनाउन क्रान्तिकारी विद्यार्थीद्धारा ध्यानाकर्षण

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

ईनरुवा बैशाख १२ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले जिल्लाका शैक्षिक संस्थाहरुबाट मतदान केन्द्र हटाउन र निर्वाचन कार्यलय हटाउन ध्यानाकर्षण गराएको छ ।

अखिल क्रान्तिकारी सुनसरीका अध्यक्ष पुष्प न्यौपानेको नेतृत्वमा गएको विद्यार्थीको टोलीले सोमबार ईनरुवा स्थित जिल्ला प्रशासन कार्यलयका प्रमुखलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।
साथै निजी स्कुलहरुले मनपरी ढंगबाट लिएको शुल्क रोक्नु पर्ने, संस्थागत विद्यालय शुल्क २०७२ लागु गर्नु पर्ने, आम विद्यार्थीको हातमा तत्काल पाठ्यपुस्तक पुर्याउनु पर्ने लगायतका माग राखिएको छ ।

 

ज्ञापन पत्र बुझाउने क्रममा अखिल क्रान्तिकारीका सचिवालय सदस्य नवराज भ्टराई पनि उपस्थित रहनु भएको थियो ।


यस्तै माग पत्र मोरगं सहितका अन्य जिल्लामा पनि बुझाउने कार्यक्रम राखिएको सचिवालय सदस्य नवराज भट्टराईले जानकारी दिनु भयो ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी