एजेन्सी बैशाख ११ । सिरीयामा अमेरीकाले एकतर्फी रुपमा क्षेप्यास्त्र प्रहार गरे पछि त्यसको विरोध गर्दे आएको रुसले नयाँ ईलक्ट्रोनिक बमको बिकास गरेको दावी गरेको छ ।
रुसी सञ्चार माध्यमहरुका अनुसार यो बमले फाईटर जेट, युद्धपोत र क्षेप्यास्त्रलाई निस्तेज पार्ने छ । यो बलमे कुनै पनि प्रकृतिको हतियारको पहिचान गरी निस्तेज पार्नुका साथै राडार र स्याटेलाईट जस्ता टार्गेटलाई पनि ध्वस्त पार्न सक्ने दावी रुसी मिडियाले गरेका छन् ।
केही वर्ष अघि ब्लाक सीमा अमेरीकी युद्धपोत नजिकबाट सुखोई एसयु २४ जहाज उडाउदा अमेरीकी राडार प्रणालीले पत्ता लगाउन नसकेको पनि चर्चा गरिएको छ । अमेरीकी राष्ट्रपति ट्रम्पको आदेशमा सिरीयाली सैन्य अड्डामा अमेरीकाले क्षेप्यास्त्र आक्रमण गरे पछि रुसले त्यस्त विरुद्ध कडा अभिव्यक्ति दिदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
