भारतीय माओवादी संगठनको आक्रमणमा परी छत्तीसगढमा एघार सुरक्षाकर्मीको मृत्यु

भारतीय माओवादी संगठनको आक्रमणमा परी छत्तीसगढमा एघार सुरक्षाकर्मीको मृत्यु

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी, बैशाख ११ ।
सशस्त्र जनयुद्ध सञ्चालन गर्दै आएको भारतीय माओवादी संगठनले गरेको आक्रमणमा परी कम्तीमा ११ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।

माओवादी प्रभावित क्षेत्र सुकमा जिल्लामा नक्सलवादी भनेर चर्चित माओवादीहरूको निशानामा परी केन्द्रीय रिजर्ब पुलिस बलका ११ जनाको मृत्यु भएको हो । घटनामा सात जना अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

उक्त क्षेत्रमा सडक निर्माण भइरहेको छ भने गस्तीमा रहेका प्रहरीमाथी पहिलादेखि नै ढुकेर बसेका माओवादीहरूले आक्रमण गरेको बीबीसीले जनाएको छ । माओवादीले घेराबन्दी गरेर गोली चलाएपछि ११ जनाको ज्यान गएको हो । प्रहरीमाथी हमला भएपछि माओवादीहरूले हतियारसमेत लुटेर लगेका छन् ।

माओवादीविरुद्ध गस्ती गरिरहेको बेला दिउँसो करिब १ बजे हमला भएको थियो । घाइतेहरूलाई हेलिकोप्टरबाट उद्दारका लागि अस्पताल लगिएको छ । माओवादीको ठूलो हमलापछि मुख्यमन्त्रीले आपतकालीन बैठक बोलाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी