एजेन्सी, बैशाख ११ ।
अन्तर्राष्ट्रिय आतंककारी समूह आईएसका आतंककारीहरू नेपालको बाटो हुँदै साधुको भेषमा भारततिर प्रवेश गरेको हल्ला भिजिएको छ ।
उक्त हल्ला भिजिएपछि नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश र उत्तराखण्डमा ‘हाई अलर्ट’ अर्थात उच्च सतर्कता अपनाइएको भारतीय दैनिक अमर उजालाले लेखेको छ । हल्लासँगै बोर्डर क्षेत्रमा सुरक्षा गस्तीलाई थप कडा पारिएको र दुबै देशबाट आवतजावत गर्नेहरूमाथी निगरानीसमेत कडा हुँदै गएको समाचारमा जनाइएको छ ।
सीमा क्षेत्रसँगै पूर्णागिरी मन्दिरमा खटिएका सुरक्षाकर्मीसमेत उच्च सतर्क पोजिसनमा बसेको समाचारमा जनाइएको छ । समाचारअनुसार आईएस आतंकवादी संगठनको एउटा गिरोह नेपालको बाटो हुँदै उत्तर प्रदेशका धार्मिक स्थलहरूमाथी हमला गर्ने योजनामा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline