प्राधिकरणका सञ्चालक हटाउने निर्णय जायज

प्राधिकरणका सञ्चालक हटाउने निर्णय जायज

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १० वैशाख । सर्वोच्च अदालतले विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा असहयोग गरेका नेपाल विद्युत् प्राधिकरणका तीन जना सञ्चालकलाई हटाउने ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले ऊर्जा मन्त्रालयको निर्णय जायज भएको फैसला गरेको हो । मन्त्रालयको निर्णयविरुद्ध लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेले सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो ।

सर्वोच्चको फैसलासँगै प्राधिकरण सञ्चालक समितिमा पुनःबहाली हुने तीनै जनाको प्रयास असफल भएको छ । विद्युत्भार कटौती अन्त्यको अभियानमा अवरोध गरेको र अवैध रुपमा प्राधिरकणको बैठक राखेको भन्दै ऊर्जाले गत पुस ४ गते तीन जना सञ्चालकलाई बर्खास्त गरेको थियो ।

मन्त्रालयले भक्तबहादुर पुन, चेतराज जोशी र उमेशप्रसाद थानीलाई प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी