काठमाडौँ – चुनिखेल काठमाडौँमा अवस्थित शिशु मिलन इङलिस हाइस्कुलका संस्थापक डाइरेक्टर राधेश्याम श्रेष्ठ सम्मानित भएका छन । ‘पुर्व विद्यार्थी बुढानिलकण्ठ मावि २०४७’ द्धारा आयोजित पहिचान सहितको सम्मान तथा नागरिक अभिनन्दन समारोहका विच उपराष्ट्रपति नन्दबहारदुर पुन ‘पासाङ’ को हातबाट बुढानिलकण्ठ भेगको सबैभन्दा पुरानो निजी विद्यालयको रुपमा श्रेष्ठलाई सम्मानित गरिएको थियो ।
शिशु मिलन इङलिस हाइस्कुल विगत २४ बर्ष देखि निरन्तर निजी प्रयासबाट शैक्षिक विकासमा कृयाशील छ । सम्मानित भएपछि श्रेष्ठले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र अझै शैक्षिक विकासमा योगदान पुर्याउन प्रेरणा मिलेको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline