काठमाडौं, बैशाख १० ।
काठमाडौंको भृकृटीमण्डपमा जारी रहेको १३ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनीमा सबैको आकर्षण ‘वायु ऊर्जा’ तर्फ जाने गरेको छ । दिनानुदिन मानिसहरूको भीड र हावाबाट बिजुली निकाल्ने प्रविधि हेर्नेतर्फ बढी आकर्षित रहेको आयोजकले जनाएको छ ।
दक्षिण अफ्रिकामा बनेको उक्त यन्त्र नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिन्छ भनी एभरेष्ट बिल्ड इनर्जी प्रालिले प्रदर्शनमा ल्याइएको हो ।
प्रालिका कार्यकारी अध्यक्ष डिल्लीराज पोखरेलले नेपालमा पनि हावाबाट बिजुली निकाल्न सकिने भन्दै सो यन्त्रलाई नेपालमा बिक्री वितरण गर्ने जनाएको छ ।
वायु ऊर्जाले तीन हजार पाँच सय वाट बिजुली उत्पादन गर्न सक्ने र त्यसबाट हजारौँ घर–परिवारलाई बिजुली प्रशस्त पुग्ने जनाएको छ । हावा चल्ने अग्लो स्थानमा उक्त यन्त्र राखिने र तीन वटा पङ्खा घुमेपछि त्यहाँभित्र रहेको जेनेटर पनि घुमेपछि विद्युत् उत्पादन हुने यसरी उत्पादन भएको विद्युत् तारमार्फत घर–घरमा वितरण गर्न सकिन्छ ।
कार्यकारी अध्यक्ष पोखरेलले यसको अध्ययन गरेर नै वायु ऊर्जा नेपाल भित्र्याइएको जानकारी गराए । अहिले प्रदर्शनीका लागि मात्र राखिएको उक्त प्रविधि पछि बिक्री वितरण गरिने तयारीमा रहेको छ ।
ई. अरजित दासले नेपालमा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै यन्त्रबाट नेपालका ग्रामीण भेगबाट विद्युत् उत्पादन गर्न सकिने बताएका छन् । उनले मुस्ताङ, मनाङ जस्ता नेपालका अग्ला स्थानमा आफूले अध्ययन अनुसन्धान गर्दा एक हजार मेगावाट विद्युत् यही यन्त्रबाट निकाल्न सकिने जनाएको छ ।
कार्यकारी अध्यक्ष पोखरेलको अनुसन्धानबाट नेपालमा ३० हजार मेगावाटको बिजुली वायु ऊर्जाबाट निकाल्न सकिने बताए । यसको नेपाली मूल्य रु. १२ लाख पर्न आउँछ । भारतमा ३५ हजार र चीनमा एक लाख ५० हजार मेगावाट विजुली हावाबाट निकालिएको जनाइएको छ ।