मौन प्रदर्शन गर्ने क्रममा भेनेजुएलामा बीसको मृत्यु

मौन प्रदर्शन गर्ने क्रममा भेनेजुएलामा बीसको मृत्यु

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी, बैशाख १० ।
भेनेजुएलामा जारी रहेको राष्ट्रपति निकोलस मादुरोकाविरुद्ध मौन प्रदर्शन गर्ने क्रममा २० जनाको ज्यान गएको छ ।

राजधानीमा आज सेतो टि–सर्ट लगाएर सेतो फूलहरू तथा भेनेजुएलाको झण्डा बोकेर मौन प्रदर्शन गरी रहेको बेलामा प्रहरीले प्रदर्शनकारीहरूलाई हमला गरेको एक महिला पत्रकारले जनाएको छ ।

प्रदर्शनकारीहरू प्रवेश निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा सुरक्षाकर्मीहरूले बल प्रयोग गरेका थिए । पछिल्ला दिनहरूमा भेनेजुएलाको प्रतिपक्षी दलले देशका अन्य शहरहरूमा पनि प्रदर्शन गरी रहेको छ । ती स्थानमा पनि प्रहरी तथा राष्ट्रिय सुरक्षाकर्मीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिने प्रयासमा रहेको छ ।

विपक्षी दलका प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा लोकतन्त्रका लागि प्रदर्शन गरिएको बताएका छन् । भेनेजुएलामा भइरहेको आन्दोलनमा सरकारी दमन बढेको भन्दै विभिन्न देशबाट सरकारको आलोचना पनि भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी