पेट्रोलियम भण्डारण गर्ने समयमा कतै ट्यांकी अभाव, कहीँ प्रयोगविहीन अवस्थामा

पेट्रोलियम भण्डारण गर्ने समयमा कतै ट्यांकी अभाव, कहीँ प्रयोगविहीन अवस्थामा

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

धनगढी, बैशाख १० ।
पेट्रोलियम पदार्थ भण्डारण गर्ने बेला ट्यांकीको अभाव देखिएको अवस्थामा नेपाल आयल निगम धनगढीको कार्यालयमा रहेको मट्टीतेल भण्डारण गर्ने ट्यांकी भने प्रयोगविहीन अवस्थामा रहेको छ ।

सात लाख ६० हजार लिटर क्षमताको उक्त ट्यांकी चार वर्षअघि खाली गराइएको भए तापनि अहिलेसम्म प्रयोगविहीन अवस्थामा रहेको कार्यालयका प्रमुख नरेशकुमार डङ्गोलले जानकारी दिएका छन् । ‘निगमको केन्द्रीय टोली आएर उक्त ट्यांकी खाली गर्ने निर्णय भयो’, उनले भने, ‘डिजेल भण्डारण गर्ने भनेर खाली गरिएको भए पनि अहिलेसम्म निर्णय हुन नसक्दा ट्यांकी बन्द अवस्थामा नै रहेको छ ।’

आयल निगम क्षेत्रीय कार्यालय धनगढी पुगेको निगमको केन्द्रीय कार्यालयको चार सदस्यीय टोलीले चार वर्षअघि उक्त ट्यांकी बन्द गर्न लगाएको थियो । त्यसबेला ट्यांकीको पाइप लाईनमा करिब तीन हजार चार सय लिटर मट्टीतेल मौज्दात रहेको बेला ट्यांकी बन्द गरिएको बताइएको छ । खाली ट्यांकीमा डिजेल भर्ने भनेर पटक–पटक आग्रह गरिएकामा केन्द्रको टोलीले निर्णय नगर्दा समस्या भइरहेको डङ्गोलले बताए ।

डिजेलको माग बढेको समयमा यस क्षेत्रमा डिजेल भण्डारण गर्न ट्यांकीको अभाव हुने गरेको छ । यस क्षेत्रमा पेट्रोल र डिजेलको माग वर्षेनि बढ्दो छ । मट्टीतेलको माग भने घट्दो छ । मट्टीतेलको माग भएका केही क्षेत्रमा तेलको ढुवानी गर्ने ट्यांकरबाट नै सिधैँ आपूर्ति गर्ने गरिएको छ । निगमको क्षेत्रीय कार्यालय परिसरमा सात लाख ६० हजार लिटर क्षमताको सो खाली रहेको मट्टीतेलको ट्याङ्कीसहित डिजेलका दुई ट्याङ्की छन् ।

सोबाहेक ‘अण्डरग्राउण्ड’ ट्यांकी डिजेलको एक लाख ४० हजार लिटर क्षमताको र पेट्रोलको ७२ हजार लिटर क्षमताको एक एक छन् । करिब चार दशकअघि धनगढीको चटकपुरमा स्थापित निगमको क्षेत्रीय कार्यालय र परिसरमा निर्माण गरिएका सो ट्यांकी वरीपरी यतिबेला मानव बस्ती पनि निकै बाक्लो भइसकेको छ । निगमले कैलालीका अत्तरिया, गोदावरी, गेटा र मोहनपुरमध्ये उपर्युक्त हुने क्षेत्रमा २० बिघा जग्गा खरिद गरेर नयाँ भर्टिकल ट्यांकी निर्माणको पहल पनि थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी