नेपाल टेलिकलले ल्यायो सस्तो इन्टरनेट प्याकेज अफर

नेपाल टेलिकलले ल्यायो सस्तो इन्टरनेट प्याकेज अफर

  • आइतवार, बैशाख १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, बैशाख १० ।
एनसेलले इन्टरनेटको डाटा शुल्क घटाएपछि नेपाल टेलिकमले पनि सस्तो इन्टरनेट डाटा प्याकेज अफर ल्याएको छ । नेपाल टेलिकमले जनाएकोअनुसार नाइट टाइम प्याकेज, अल टाइम प्याकेज, डे–नाइट डाटा प्याकेज, फेसबुक डाटा प्याकेज र नाइट भ्वाइस प्याकेज अफर रहेको छ ।

नाइट टाइम प्याकेज अफरअन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने गरी एक हप्ताको लागि पाँच सय एमबीको ४५ रुपैयाँ, १५ दिनको लागि १२ सय एमबीको ९० रुपैयाँ, एक महिनामा ३०७२ एमबीको लागि दुई सय रुपैयाँ, एक महिनामा ६६५६ एमबीको लागि तीन सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै अल टाइम प्याकेजअन्तर्गत एक महिने अवधिका लागि चार सय एमबीको एक सय रुपैयाँ ८५० एमबीको दुई सय रुपैयाँ १५०० एमबीको तीन सय रुपैयाँ तोकिएको छ भने यो सेवा २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।

डे–नाइट डाटा प्याकेजअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने एक सय एमबी र राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबी डाटा प्याकको शुल्क एक सय रुपैयाँ रहेको छ भने यो प्याक अवधि सात दिन मात्र रहनेछ ।

फेसबुक डाटा प्याकेजअन्तर्गत जुनसुकै बेला चलाउन मिल्ने १०० एमबीको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ । यो सेवा पाँच दिन लिन सकिन्छ ।

नाइट भ्वाइस प्याकेजअन्र्तगत राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउने सक्ने २५० मिनेटक लागि २५ रुपैयाँ ताकिएको छ । यो सात दिन चलाउन सकिन्छ ।

यो सुविधाहरू प्रयोग गर्न *१४१५# डायल गनुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी