एजेन्सी, बैशाख ८ ।
पूर्व राष्ट्रपति बाराक ओबामाकी छोरी मालिया ओबामालाई पिछा गर्ने एक व्यक्तिलाई ब्रुकलिनबाट गिरफ्तार गरेको छ ।
पक्राउ परेका ३० वर्षीय जेर निलटन कार्डोसो हुन् । मालियालाई पिछा गरेको आरोपमा सिक्रेट सर्भिसले पक्राउ गरेको हो ।
कार्डोसोले मालिया इन्टर्न गर्दै आएको ट्राइबेका भवनमा पसी विवाहको प्रस्तावसमेत राखेको बताइएको छ ।
अप्रिल १० मा भवनको चौथो तल्लामा पुगी सबैले सुन्ने गरि चिच्याएर विवाहको प्रस्ताव राखेको बताएको छ ।
कार्डोसो पहिले पनि ह्वाइट हाउस भित्र छिर्ने कोसिस गर्ने व्यक्ति भएको थाहा पाएपछि सिक्रेट सर्भिसका एजेन्टहरूले उसलाई भवनबाट निस्कन र मालियाको पछि नलाग्न सुझाव दिइएको थियो ।
दुई दिन पश्चात ३० वर्षिय कार्डोसोले फेरि मालियालाई पछ्याउँदै उनले इन्ट्रन गर्ने ठाउँ वस्टे भिलेज पुगेका कारण सिक्रेट सर्भिसका एजेन्टहरूले कार्डोसोकै अपार्टमेन्टमा पुगि उनको अन्तर्वार्ता लिएका थिए । त्यसपश्चात कार्डोसोको मानसिक अवस्था ठिक नभएको भन्दै उपचारको लागि उनलाई अस्पताल लगिएको थियो ।
अहिले उनी प्रहरीको कब्जामै छन् । उनी माथि कुनै पनि आपराधिक पृष्ठभूमी नभएकाले के अपराधमा मुद्धा चलाउने भन्ने बारेमा प्रहरी अन्यौलमा परेको छ ।