काठमाडौं, बैशाख ८ ।
अष्ट्रेलियामा बढ्दै गइरहेको बेरोजगारी समस्या समाधान गर्नका लागि अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले अष्ट्रेलियन सरकारले दक्ष आप्रबासीका लागि प्रदान गर्न लागेको ४५७ वटा भिसा रद्द गर्ने घोषणा गरको हो ।
विदेशी कामदारलाई नियुुक्त गर्नुअघि आफ्नै देशका नागरिकलाई पहिलो प्राथमिकता दिने बताएका छन् । प्रधानमन्त्री टर्नबुलले अष्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले स्थानीयस्तरमा रोजगारीको अवसर श्रृजना गर्न सक्ने बताए ।
अष्ट्रेलिया एक आप्रबासीहरूको मुलुक हो र सधैँ रहनेछ भन्दै उनले राष्ट्रिय स्वार्थको अनुसार आप्रबासी नीति बनाउनु आवश्यक रहेको पनि बताए ।
४५७ भिसा खारेज गरेर छोटो अवधिको भिसा (सर्ट टर्म भिसा) र मध्यम अवधिको भिसा (मिडियाम टम भिसा) लागू गरेको छ ।
छोटो अवधिको भिसा २ वर्षको र मध्यम अवधिको भिसा चार वर्षको रहेको छ । स्रोतकाअनुसार छोटो अवधिको भिसाको १,१५० डलर र मध्यम अवधिको लागि २,४०० डलर मूल्य तोकिएको छ । यो मूल्य ४५७ भिसाको मूल्य भन्दा बढी हो । ४५७ भिसाको मूल्य १,०६० डलर रहेको थियो ।
फेरिएको भिसामा कामको अनुभव र अंग्रेजी दक्षता र अपराधिक जाँचमा कडाई हुने जनाएको छ । साथै ४५७ भिसामा भएका काम र पदलाई पनि यी भिसामा छोट्याईएको छ । दुई वर्षे भिसाको लागि २६८ र चार वर्षे भिसाको लागि १६७ वटा जागिर क्षेत्र मात्र मान्य हुनेछन् । यसबाट सुचना प्रविधि, व्यवसायिक सेवा, वैज्ञानिक क्षेत्र, प्राविधिक सेवा, खाना र आवास सम्बन्धि क्षेत्र मूख्य रूपमा प्रभावित हुनेछन् ।
त्यस्तै, अबको कामको सूचीबाट बायोकेमिस्ट, कला निर्देशक, लेखक, चित्रकार, गायक, डिजाईनर, फायर फाइटर, जासूस, माईग्रेसन् एजेन्ट, पाईलट आदि हटाईने छन् । वेब डेभलपर, अकाउनटेन्ट,सेफ आदि पदमा अष्ट्रेलिया आउन चाहनेहरू अबको नियमबाट प्रभावित हुनेछन् । नयाँ नीतिअनुसार उच्च दक्ष पदहरूलाई दक्ष पदहरूले प्रतिस्थापन गरिएको हो ।