नेपाललाई विद्युत बेच्न पञ्जाबका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाललाई विद्युत बेच्न पञ्जाबका मुख्यमन्त्रीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी, बैशाख ८ ।
भारतको पञ्जाब राज्यका मुख्यमन्त्री अमरेन्द्र सिंहले नेपाल र पाकिस्तानलाई विद्युत बिक्री गर्न प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका छन् ।

नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा मुख्यमन्त्री सिंहले पञ्जाबमा मागभन्दा बढी विद्युत उत्पादन भइरहेको भन्दै उत्पादित विद्युत नेपाललाई बेच्नका लागि अनुमति मागेका हुन् ।

पञ्जाबमा विद्यमान आर्थिक संकट अन्त्यका लागि विद्युत बिक्री एउटा उपाय भएको बताएका छन् । नेपालसँगै पाकिस्तानलाई पनि विद्युत बिक्री गर्न सकिनेतर्फ उनले प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका छन् ।

राज्य सरकारले केन्द्रीय उर्जा मन्त्रालयलाई विद्युत बिक्रीसम्बन्धी प्रस्ताव पेश गरिसकेको भन्दै उनले मोदीसमक्ष उर्जा मन्त्रालयमा विचाराधीन प्रस्ताव स्वीकृतिका लागि निर्देशन दिन माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी