पेरिसमा आईएसको आक्रमणमा परी एक प्रहरीको मृत्यु, दुई घाइते

पेरिसमा आईएसको आक्रमणमा परी एक प्रहरीको मृत्यु, दुई घाइते

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

एजेन्सी, बैशाख ८ ।
फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आईएस) का लडाकुले चलाएको गोली प्रहारले एक प्रहरीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ ।

फ्रान्समा राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताएका छन् । यो कुनै आतंकवादसँगै जोडिएको घटना भएको उनको भनाई छ । पेरिसमा आक्रमण आफूले गराएको विद्रोही समूह आइएसले दाबी गरेको छ ।

फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ । सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ । धेरैजसो आक्रमण आइएसले गरेको दाबी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी