तीन करोडको खरिदमा नेपाल भित्रियो ‘बाहुबली–२’

तीन करोडको खरिदमा नेपाल भित्रियो ‘बाहुबली–२’

  • बिहिबार, बैशाख ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, बैशाख ७ ।
यो बर्ष २०१७ को सर्वाधिक प्रतिक्षित फिल्म ‘बाहुबली–२’ को नेपाल प्रदर्शन अधिकार महँगोमा खरिद भएको छ । वितरक सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजी पिक्चर्सले फिल्मलाई तीन करोडमा नेपाल भित्र्याएको हो ।

यो रकम कुनै पनि भारतीय फिल्मलाई नेपाल प्रदर्शनको लागि खर्चिएको सर्वाधिक बढि हो । यसअघि मानन्धरकै पहलमा बाहुबलीको पहिलो संस्करण पनि दर्शना आर्टसले नेपाल भित्र्याएको थियो । उक्त समयमा बाहुबलीलाई १ करोड ५० लाखमा नेपाल ल्याइएको थियो ।

यही अप्रिल २८ तारीख विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको फिल्मलाई एसएस राजामैनालीले निर्देशन गरेका छन् । भारतमा यो फिल्म अहिले सर्वाधिक चर्चामा छ । फिल्म निर्माढा टिमले रिलिज पूर्व नै ३ सय करोड रुपैयाँ कमाइसकेको भारतीय मिडियामा चर्चा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी