काठमाडौं, बैशाख ६ ।
सरकारले विद्यालयबाट पुस्तक बिक्री गर्न नपाइने नियम लागू गरेपछि अहिले स्टेशनरी व्यावसायीको मनोमानी बढेको छ ।
सरकारले नियम लागू नगरेसम्म लुकीछिपि विद्यालयको मिलेमतोमा पुस्तक व्यावसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा अहिले आएर यस्ता प्रवृति खुल्लेआम राजधानीमा रहेका नाम चलेका विद्यालयले एउटै पसलमा सूची भिडाएर विद्यालयलाई मोटो कमिसन खुवाउने प्रलोभनमा थप पुस्तक कपीलगायतका सामाग्री भिडाउने गरेको खुलासा भएको हो ।
नेपालका विभिन्न ठाउँका नाम चलेका होस् या नाम नचलेका बोडिङ्ग स्कूलहरूमा भर्ना गर्दा विभिन्न शुल्क भुक्तानी गर्नुपर्ने समस्याले अभिभावकहरू हैरान भइरहेका छन् । स्कूलहरूले पैसा कमाउने नियतले समय–समयमा विभिन्न क्रियाकलापको आयोजना गरी लाग्ने भन्दा बढी शुल्क उठाउँदै आएका छन् । यस्ता प्रवृत्तिले गर्दा स्कूलहरूको पढाईको गुणस्तरमा ह्रास आईरहका छन् ।