कंगनाद्वारा भण्डाकरको ‘फेशन–२’ अफरलाई गरे रिजेट

कंगनाद्वारा भण्डाकरको ‘फेशन–२’ अफरलाई गरे रिजेट

  • मङ्लबार, बैशाख ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, बैशाख ५ ।
बलिउड अभिनेत्री कंगना रणावतले ‘फेशन–२’ को अफर रिजेक्ट गरेकी छन् । केही समय अगाडि मात्र बजारमा आएको अभिनेता शाहिद कपुरसँगको फिल्म ‘रंगुन’ ले केहीँ धमाका देखाउन नसकेपछि तनावमा रहेकी कंगनाले फिल्म रिजेक्ट गरेकी हुन् ।

बलिउडका चर्चित फिल्म मेकर मधुर भण्डाकरको फिल्म ‘फेशन’ बाट कंगनालाई नेशनल अवार्डसमेत पाएकी थिइन् । तर, त्यही फिल्मको सिक्वेललाई कंगनाले रिजेक्ट गरेकी छन् । श्रोतकाअनुसार केही समय अघि मात्र भण्डाकरले कंगनासँग भेटी ‘फेशन–२’ को कहानी सुनाएकी थिइन् । फिल्मको कहानी सुन्ने बित्तिकै उनले रिजेक्ट गरेको जनाएको छ ।

‘फेशन’ फिल्ममा आफ्नो दमदार अभिनयको प्रस्तुति देखाएर दोश्रो पटकसम्म नेशनल अवार्ड हात पार्न सफल रहेकी कंगनालाई अब लाग्दैन भण्डाकरसँग नयाँ फिल्म ‘फेशन–२’ खेल्नुपर्छ ।

भण्डाकरको पछिल्लो फिल्म बक्स अफिसमा हेर्ने हो भने त्यति कमाल देखाउन सकेको छैन । र, कंगनाको पछिल्लो फिल्म ‘रंगुन’ पनि चलेको थिएन । त्यही कारणले गर्दा कंगना चाहँदैन भण्डाकरसँग कुनै पनि जोखिम मोलेर काम गर्न ।

भण्डाकरको ‘फेशन’ बाट कंगनाको बलिउड फिल्मी करियरमा सफलता हासिल गर्न मद्दत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी