पाटा नेपालद्धारा “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम”तालिम सुरु

पाटा नेपालद्धारा “क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम”तालिम सुरु

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ४ वैशाख ।

प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा)नेपाल च्याप्टरले आगामी जुन १ देखि ४ सम्म आयोजना हुने “हिमालयन ट्राभल मार्ट २०१७” तथा ईन्टरनेश्नल ट्राभल ब्लर्गस एण्ड मिडिया कन्फ्रेन्सको आयोजनाका लागि आवश्यक विविध विद्याहरुमा परिचालन हुने विद्यार्थी युवा जनशक्तिलाई क्षमता अभिबृद्धि गराउने उद्देश्यले आईतवार देखि राजधानीको ज्ञानेश्वर स्थित मिड भ्याली ईन्टरनेश्नल कलेज मा आगामि मे १२ सम्म तालिम संञ्चालन गर्ने भएको छ ।
“क्यापासिटी बिल्डिङ्ग इन माईस टृुरिजम” अभियानमा आयोजना हुन लागेको उक्त तालिममा पाटा नेपाल च्याप्टरका सदस्य शैक्षिक संस्थाहरुबाट करिव ६० जना विद्यार्थीहरुले सहभागिता जनाउदै छन् ।

तालिम प्रशिक्षकको रुपमा पाटा नेपालले भोग एड् एण्ड इभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत श्री प्रभात रिमाल लाई इभेन्ट कन्सल्टेन्टका रुपमा अघि सारेको छ । उहाँले  आगामी मे १२ सम्म विद्यार्थीहरुलाई “प्रर्सनालिटि डेभलपमेन्ट एण्ड ईभेन्ट म्यानेजमेन्ट” शिर्षकमा तालिम दिनुहुनेछ ।


कार्यक्रमको उद्घाटनको क्रममा स्वागत मन्तब्य राख्दै पाटा नेपालका अध्यक्ष सुमन पाण्डेले हिमालयन ट्राभल मार्टमा विद्यार्थीहरुको भुमिका तथा उनीहरुको ब्यक्तित्व विकासका निम्ति आयोजना गर्न लागेको यस तालिमको महत्व बारे प्रकाश पार्नुभयो ।

यस अभियान अन्र्तगत पाटा नेपाल च्याप्टरले एसियाली माईस् इन्डष्ट्रिजमा प्रख्यात ब्यक्तित्व एबं विज्ञ थाइल्याण्डका डा। बर्ट वालविक लाई आमन्त्रण गरी आगामी मे ६ र ७ मा माईस् टृुरिजम् सम्बन्धि २ दिने तालिम आयोजन गर्न लागेको पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिंह बुडालले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी