४ वैशाख,चन्द्रागिरि ।
शैक्षिक सत्र २०७३ को माध्यामिकशिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँ (रु. ३००÷–) मा केबलकार चढ्न पाउने भएका छन् ।
यो छुट व्यवस्था थानकोटस्थित चन्द्रागिरि केबलकारले यही वैशाख मसान्त सम्मका लागि थप गरेको छ ।
यो सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको प्रवेश पत्रअनिवार्य रुपमा साथमा लिई आउनु पर्नेछ ।छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध हुनेछ भने यो छुट सुविधालिने परीक्षार्थीहरुले अन्य छुट पाउनुहुने छैन।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेकोछ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।