आर्थिक वृद्धिदर उच्च भएकोमा वाणिज्य महासङ्घद्वारा अर्थमन्त्रीको प्रशंसा

आर्थिक वृद्धिदर उच्च भएकोमा वाणिज्य महासङ्घद्वारा अर्थमन्त्रीको प्रशंसा

  • सोमवार, बैशाख ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, बैशाख ४ ।
नेपालको आर्थिक वृद्धिदर उच्च भएको लगानी मैत्री वातावरण बनेको, आर्थिक विकासमा कोल्टे फेरेको भन्दै अर्थमन्त्री कृष्णबहादुर महरालाई नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले प्रशंसा गरेका छन् ।

महासङ्घका पदाधिकारीहरूले वर्तमान सरकारको कामबाट निजी क्षेत्र उत्साहित भएको बताएका छन् ।

सरकारले चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सो वृद्धिदर २५ वर्षयताकै उच्च हो ।
आव २०५०/५१ पछि यसपटक उच्च आर्थिक वृद्धिदर हुन लागेको हो । विद्युत भार कटौती र सरकारले लिएका आर्थिक नीति एवं आर्थिक परिचालनका कारण आर्थिक वृद्धिदर उच्च हुन लागेको हो ।

उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित पदाधिकारीले आज अर्थमन्त्रालयमा गरेको भेटवार्तामा उद्योगी व्यवसायीले सरकारको योजनाका कारण आर्थिक वृद्धि उच्च हुन लागेकामा खुसी व्यक्त गरेका छन् ।

महासङ्घको नवनिर्वाचित पदाधिकारीले माओवादी नेतृत्वले उठाउँदै आएको आर्थिक क्रान्तिको अवसर आएको भन्दै यस्तै लगानीको वातावरण बन्दै गएमा आगामी १० वर्षमै उच्च आर्थिक विकास हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले महासङ्घको नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै मुलुकको आर्थिक विकासका लागि सरकारले महासङ्घसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निजी क्षेत्रलाई प्रोत्साहन गरेर नै मुलुकलाई समाजवादमा लान सकिन्छ भन्नेमा आफू दृढ रहको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सशस्त्र युद्ध पनि हैन, शित युद्ध पनि हैन, आर्थिक विकास र समृद्धि नै पहिलो आवश्यकता हो ।’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री महराले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने खालको सहयोग एवं प्रवद्र्धन गर्ने नीति सरकारले अगाडि सारिएको बताएका हुन् । भेटमा महासङ्घका नवनिर्वाचित अध्यक्ष भवानी राणा, पूर्वअध्यक्ष पशुपति मुरारका, चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाल, उमेशलाल श्रेष्ठ र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानसहित सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी