काठमाडौं, बैशाख ३ ।
बलिउड कलाकार नायक संजय दत्त जेलबाट छुटे लगत्तै उनीविरुद्ध फेरी अर्को मुद्दा अदालतले जारी गरेको छ ।उनी अदालतमा हाजिर नभएको भन्दै प्रहरीलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
निर्माता शकील नूरानीलाई संजय दत्तले धम्की दिएको आरोप लागेको छ । सन् २००२ मा निर्माता शकील नूरानीले निर्माण गर्न लागेको फिल्म ‘जान की बाजी’ का लागि संजय दतलाई पचास लाख रुपैयाँ दिइसकेको थियो तर संजय दतले फिल्म छायांकन कार्य बिचमै छाडेका थिए ।
संजय दतले फिल्म छाडेपछि निर्माता नूरानीलाई ठूलो नोक्सानी भएको भन्दै मुद्दा दर्ता गराएको थियो । निर्माता नूरानीले संजयलाई फिल्ममा पुनः खेल्नका लागि फोन सम्पर्क गर्दा नूरानीलाई ज्यान मार्ने धम्की दिएको आरोप लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline