काठमाडौ ३ वैशाख ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रिय समितिले शिक्षक सेवा आयोगले गरेको विज्ञापनको स्वागत गरेको छ ।
शिक्षा ऐन आठौं संशोधन बमोजिम आयोगले गरेको आन्तरिक विज्ञापनले अधिकांश अस्थायी शिक्षकका लागि बाटो खुलेको समितिका महासचिव दिनेश थापाले बताउनुभयो ।
अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, औषधि उपचार खर्च दिनुपर्ने, शिक्षा ऐन कार्यान्वयन हुनुपर्ने लगायतको माग राखी लामो समयदेखि आन्दोलनमा रहेका अस्थायी शिक्षकले पछिल्लो समय आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
मुलुकभर २६ हजार अस्थायी शिक्षक कार्यरत छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline