पाइप बिच्छ्याउँदा प्रसारण लाइनमा समस्या

पाइप बिच्छ्याउँदा प्रसारण लाइनमा समस्या

  • आइतवार, बैशाख ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ,  वैशाख ३ । नेपाल विद्युत् प्राधिकरणले मेलम्ची खानेपानी आयोजनाले पाइप जडान गर्दा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा केवलमा क्षति पु¥याएको भन्दै आपत्ति जनाएको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने ११ केभी कपन फिडरको भूमिगत केबलमा आज मेलम्ची खानेपानी आयोजनाको काम गराईबाट क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ ।

धोबीखोलाका ढलान पुल र निलो पुलस्थित दुईवटा वितरण ट्रान्सफर्मर बन्द हुँदा ती ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति हुने सुकेधारालगायतका ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो । मेलम्चीको पाइप बिच्छ्याउँदा क्षतिग्रस्त भएको केवल मर्मत गरेर विद्युत् सञ्चालनमा ल्याइए पनि त्यसबाट उपभोक्तामा ठूलो प्रभाव पर्ने भएकाले व्यवस्थित तवरले काम गर्न प्राधिकरणले मेलम्ची आयोजनालाई आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाले काम गर्दा पटक पटक भूमिगत विद्युत् प्रणालीमा क्षति पुग्ने गरेको छ । काम गर्दा भूमिगत केवलको अवस्थामा ध्यान दिन प्राधिकरणले मेलम्ची खानेपानी हेर्ने सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

काठमाडौँको जमिनमुनि बिच्छ्याएको केवलबारे जानकारी नराख्दा ठूलो दुर्घटना हुने सम्भावना रहेको र विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुन गई ग्राहकले सास्ती भोग्नुपर्नेतर्फ ध्यान दिन आयोजनालाई प्राधिकरणले अनुरोध गरेको छ । भौतिक सम्पत्तिको सेवा अवरुद्ध भएबाट प्राधिकरणलाई आर्थिक नोक्सानी समेत हुने गरेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी