पर्यटकीय संरचनाहरु पुनर्निर्माणलाई प्राथमिकता : राष्ट्रपति भण्डारी

पर्यटकीय संरचनाहरु पुनर्निर्माणलाई प्राथमिकता : राष्ट्रपति भण्डारी

  • शुक्रबार, बैशाख १, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ,वैशाख १ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति र्पुयाएको पर्यटकीय संरचनाहरु पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।

ओखलढुंगामा आज प्रथम थोलेदेम्बा पर्यटकीय महोत्सव उद्घाटन गर्दै उहाँले पर्यटन प्रवर्द्धनका लागि पुनर्निर्माण पहिलो प्राथमिकता भएको बताउनुभयो ।

उर्जाशील युवाको जोश जाँगर, उर्जा, भाषा, सीप, आतिथ्यता, कुशलता समेत समेटेर पर्यटन मैत्री तालिम दिई अवसर सिर्जना गर्नु आजको आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाई छ ।

जिल्लाको समग्र विकासका लागि सांस्कृतिक र पुरातात्विक स्थलको जगेर्ना गर्दा पर्यटनमा ठोस मद्दत पुग्ने भएकोले सबैले ध्यान दिनुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।

बढ्दो सहरी करण औद्योगिकरण र प्रदूषणले गर्दा पर्यटकीय पदमार्ग प्रमुख आकर्षण बन्न थालेको बताउँदै भण्डारीले कृषि, पर्यटन र उर्जाको प्रचूर सम्भावना बोकेको नेपालमा पर्यटकीय पदमार्गहरुको विकास गर्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा एमाले महासचिव ईश्वर पोख्रेलले रामेछापदेखि खोटाङ जोड्ने राजमार्ग बन्ने निश्चित भएकाले ओखलढुंगा जिल्ला अब पूर्वको समृद्धि र विकासको पर्यायको जिल्ला हुने बिश्वास ब्यक्त गर्नुभयो ।

यस्तै कांग्रेस नेतृ सुजता कोइरालाले सबै दलहरु एक नभई कुनै विकास निर्माणका काम सफल नहुने धारणा राख्नुभयो ।
पर्यटकीय पदमार्ग तथा गन्तव्यको रुपमा विकास गर्न जिल्लाकै सबैभन्दा अग्लो भनिएको देम्बामा महोत्सव आयोजना गरिएको आयोजक समितिका संयोजक देण्डी शेर्पाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी